लामो संर्घषबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने कांग्रेस नेता रामचन्द्र पौडेलेको भनाइ छ।
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। मंगलबार 'स्पिकर्स फोरम नेपाल'ले काठमाडौँमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।
उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए। लामो संर्घषबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाइ छ।
नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे। उनले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताए। उनले विगतमा आफूहरूका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए। देशमा अस्थिरताको शृङ्खला अगाडि बढेको उनको भनाइ छ।
नेता पौडेलले सांसदलाई ऐन, कानून बनाउनका लागि जनताको प्रतिनिधिका रूपमा पठाइने भए पनि सांसद विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेका बताए। जनताले पनि सांसदलाई विकासे कार्यकताको रूपमा बुझ्दा समस्या भएको उनले उल्लेख गरे। जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसद पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनले बताए।
उनले संविधानले दिए जति अधिकार स्थानीय तहले पाउन नसकेको सुनाए। केन्द्रीकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरूले अधिकार नपाएका उनको भनाइ छ। नेता पौडेलले प्रधानमन्त्री तथा मन्त्रीहरूले सबै कुरा आफैँमा केन्द्रीकृत हुने प्रवृत्ति प्रस्तुत गरेका बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
