उखुको बक्यौता माग्दै किसानहरू उखु बोकेर माइतीघरमा बसे धर्ना

उखुको वक्यौता अनुदान रकम भुक्तानीको माग गर्दै उखु किसानले माइतीघर मण्डलमा आन्दोलन शुरू गरेका छन्।

काठमाडाैँ– उखु उत्पादक महासंघ नेपालले गत आ.व. २०८१/०८२ को उखुको वक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्न माग गर्दै आजदेखि माइतीघर मण्डलमा आन्दोलन शुरू गरेको छ।

null

किसानहरूले उखु नै बोकेर सडकमा धर्ना बसेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म माइतीघरमा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ।

अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघरमा भेला भएका छन्।

nullnullnullnullnull

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी