रुसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता क्षेत्रसम्म खसालिएको बताएका छन्।
काठमाडाैँ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर शुरू गरेको छ। युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा लक्षित आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुई देशबीच युद्धविरामका लागि भइरहेका प्रयासहरूबीच युक्रेनले आक्रमण गरेको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शिखर बैठकका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता प्रयास गरेका थिए। तर शुक्रबार रुसले तत्काल कुनै बैठक नहुने घोषणा गरेपछि शान्ति सम्भावना कमजोर भएको थियो।
साढे तीन वर्षदेखि जारी युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ। युक्रेनले आइतबारको नयाँ आक्रमणमा रुसी भूभागमा ड्रोन आक्रमण गर्दा पश्चिमी रुसको कुर्स्क आणविक ऊर्जा संयन्त्रलाई लक्ष्य बनाएको थियो। आक्रमणपछि विस्फोट र आगलागी भएको समाचार एजेन्सी एएफपीले जनाएको छ। तर संयन्त्रका अधिकारीहरूले आगो निभाइसकेको र कुनै हताहत वा विकिरण स्तर बढेको नदेखिएको जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण शुरू गरेदेखि नै आणविक संयन्त्र नजिकका लडाइँले गम्भीर जोखिम निम्त्याएको चेतावनी दिँदै आएको छ।
रुसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता टाढा क्षेत्रसम्म खसालिएको बताएका छन्। फिनल्यान्डको खाडीस्थित उस्ट–लुगा बन्दरगाहमा १० ड्रोन आक्रमणपछि रुसी ऊर्जा समूह नोभाटेकको स्वामित्वमा रहेको इन्धन टर्मिनलमा आगलागी भएको गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले टेलिग्राममार्फत बताए।
विशेषगरी युक्रेनी सेना ड्रोनमाथि भर परिरहेको छ भने रुसको तेल पूर्वाधारलाई निशाना बनाउँदै आएको छ। युद्ध शुरू भएदेखि रुसमा इन्धनको मूल्य बढेको छ।
सन् १९९१ मा सोभियत संघको विघटनसँगै स्वतन्त्र बनेको युक्रेनले यसपटक स्वतन्त्रता दिवस युद्धबीच मनाएको छ।
“युक्रेनले शान्तिको आह्वान गर्दा पनि यस्तो आक्रमण भइरहेका छन्,” राष्ट्रपति जेलेन्स्कीले आफ्नो सम्बोधनमा भने, “आज अमेरिका र युरोप दुवै सहमत छन्: युक्रेन अझै पूर्ण विजय हासिल गर्न सकेको छैन, तर पराजित पनि भएको छैन। युक्रेनले आफ्नो स्वतन्त्रता सुरक्षित गरेको छ। युक्रेन पीडित होइन, यो लडाकु राष्ट्र हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
