काठमाडौँमा जोखिमपूर्ण फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

काठमाडौँमा जोखिमपूर्ण फुटपाथ [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँमा जताततै फुटपाथ अतिक्रमित छ। भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन्।

दृष्टि भएकालाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ। फुटपाथमा हिँड्न पाइला–पाइलामा अवरोध छन्। अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन।

null

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ। प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ। यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ। साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ। 

null

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ।

nullnullnullnullnullnullnullnull