कवाडी व्यवसायीले घेरे काठमाडौँ महानगर

कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेराउ गरेको छ।

काठमाडाैँ– कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेराउ गरेको छ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको सुनिश्चितता गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

 null

त्यसैगरी कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।

nullnullnullnullnullnull


 तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी