कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापति बनाउने निर्णय गरेको हो।
काठमाडौँ– नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापति बनाउने निर्णय गरेको हो।
संसदीय सुनुवाइ समितिका सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्यव्यवस्था समितिको सभापति बनाउने निर्णय बैठकले गरेको हो।
सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पद रिक्त थियो।
निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न समितिले सभापति खतिवडालाई मुख्य नैतिक जिम्मेवार ठहर्याएको थियो। त्यसलगत्तै खतिवडाले राजीनामा दिएका थिए।
समिति सभापतिका लागि मंगलबार मनोनयन र बुधबार मतदानको समय तोकिएको छ। सभापतिका लागि कांग्रेसका दिलेन्द्रप्रसाद बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
