विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको आयोगको विश्वसनीयता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै विपक्षीले धाँधलीको आरोप लगाएका हुन्।
भारतीय निर्वाचन आयोग अहिले आलोचनाको घेरामा परेको छ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको आयोगको विश्वसनीयता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै विपक्षीले धाँधलीको आरोप लगाएका हुन्।
विपक्षी दलका नेता र आलोचकले हालै सम्पन्न आम निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको र यसले सम्पूर्ण परिणाम प्रभावित पारेको आरोप लगाएका छन्। तर, निर्वाचन आयोगले भने आरोपलाई अस्वीकार गरेको छ।
प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले यस अभियानको नेतृत्व गरेका छन्।
उनले अघिल्लो पटक इलेक्ट्रोनिक मतदान मेसिन त्रुटिपूर्ण भएको आरोप लगाएका थिए। अहिले भने उनले निर्वाचन आयोगले डिजिटल मतदाता रेकर्ड सार्वजनिक गर्न अस्वीकार गरेको बताउँदै आफ्ना समर्थकले हप्तौँसम्म हातैले दर्ता सूची जाँच्दा भेटिएका त्रुटि देखाएका छन्।
गान्धीले सन् २०२४ को संसदीय चुनावमा मत हेरफेरका कारण आफ्नो पार्टीले दर्जनौँ सिट गुमाएको दाबी गरेका छन्। एक अर्ब ४० करोड जनसंख्या भएको भारतमा ६ हप्तासम्म चलेको यो चुनावलाई ठूलो लोकतान्त्रिक अभ्यास मानिन्छ।
गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई समर्थन गर्न आयोगले मतदाता सूचीमा हेरफेर गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
