विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट नलगाए असोज १ देखि जरिबाना र कारबाहीमा परिने भन्ने भ्रममा नपर्न प्रष्ट पारेको छ।
काठमाडाैँ– यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय असोज १ देखि कार्यान्वयनमा आउने भए पनि नलगाएको खण्डमा तत्काल कुनै कारबाही नहुने जनाएको छ।
विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट नलगाए असोज १ देखि जरिबाना र कारबाहीमा परिने भन्ने भ्रम फैलिएकाले त्यस्तो भ्रममा नपर्न प्रष्ट पारेको हो।
"इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरूमा क्रमश: जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गते देखि जडान नगरेको खण्डमा तुरुन्त जरिबाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिबाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ," विज्ञप्तिमा भनिएको छ।
साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी 'डिजिटलाइजेसन' कार्यमा सहयोग गर्नसमेत अनुरोध गरेको छ। विभाग एवं प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै जाने विभागले जनाएको छ।
विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारी साधनको एकीन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकता (एआई)मा आधारित ट्राफिक तथा सडक व्यवस्थापनमा सहयोग पुग्ने, सडक इजाजत सम्बन्धमा पारदर्शी विवरण प्राप्त हुने, सवारी तथा यातायातको आवागमन समेतलाई थप व्यवस्थित बनाउन योगदान पुग्नुका साथै सवारी साधन चोरी, आपराधिक गतिविधि, राजस्व छलीलगायतका कार्य नियन्त्रण गर्न सहजता हुनेछ।
यसबाट समग्र यातायातसम्बन्धी नीति, योजना तथा कार्यक्रमहरू निर्माण तथा कार्यान्वयन समेतलाई दिशानिर्देश हुने भएकाले आफूलाई पायक पर्ने समयमा इम्बोस्ड नम्बर जडान गर्नसमेत विभागले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
