यस्तो रहनेछ बुधबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिण तथा पश्चिमतर्फ सरदर स्थान आसपास रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र लुम्बिनीलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनीका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।