अस्ट्रेलियामा १२ महिनायताकै उच्च मूल्यवृद्धि

अर्थशास्त्रीहरूले करिब २.३ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेका थिए तर वास्तविक वृद्धि २.८ प्रतिशत पुगेको छ।

अस्ट्रेलियामा १२ महिनायताकै उच्च मूल्यवृद्धि
एबीसी न्युज

अस्ट्रेलियामा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि (महँगी) गत जुलाईमा २.८ प्रतिशत पुगेको छ। यो दर पछिल्लो एक वर्षको सबैभन्दा उच्च हो। 

अर्थशास्त्रीहरूले करिब २.३ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेका थिए तर वास्तविक वृद्धि त्योभन्दा बढी देखिएको छ। आधारभूत मूल्यवृद्धि पनि अघिल्लो महिनाको २.१ बाट बढेर २.७ प्रतिशतमा पुगेको अस्ट्रेलियाली तथ्यांक विभागले जनाएको छ।

महँगी बढ्नमा मुख्य योगदान दिने क्षेत्रहरू घर भाडा र आवास खर्च ३.६ प्रतिशत, खाद्यान्न तथा गैर–मद्यपेय वस्तुमा ३ प्रतिशत र मद्यपान तथा सुर्तीजन्य वस्तुमा ६.५ प्रतिशत रहेका छन्। विशेषगरी कफी, चिया र कोकाकोला जस्ता पेय पदार्थ १४.४ प्रतिशतले महँगा भएका छन्।

अस्ट्रेलियाको केन्द्रीय बैंकले यसै महिनामा दिएको अनुमान अनुसार, सन् २०२५ भरी मूल्यवृद्धि अझै बढ्नेछ। सन् २०२६ को अधिकांश समयसम्म महँगी करिब ३ प्रतिशतमा स्थिर रहने अपेक्षा गरिएको छ।