अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकलाई २ लाख जरिबाना

विभागले मदिराको नमुना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ मदिरामा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ। 

महानगरले पालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ विपरीत रहेको भन्दै उद्योगमाथि २ लाख रुपैयाँ जरिबाना गरेको हो।

सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो। गत भदौ ४ गते उपभोक्ताले महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकोले गुनासो गरेका थिए।

विभागले उक्त मदिराको नमुना संकलन गरी भौतिक जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।