बागमती, गण्डकी, लुम्बिनीको तराई तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनीको तराई तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
राति देशभर साधारणतया बदली हुनेछ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा लुम्बिनी र कोशीका तराई भूभागमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
