धादिङको थाक्रेमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण बुधबार राति लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

धादिङको थाक्रेमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
नेपाल न्युज बैंक

काठमाडौँ– धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामो पहिरो गएको छ।

अविरल वर्षाका कारण बुधबार राति लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन बाटोमै रोकिएका छन्।

मेसिनको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ।