यस घटनामा संलग्न आक्रमणकारीहरूले आफ्ना हतियारमा भारतमा आणविक हमला गर, ट्रम्पलाई मार, इजरायललाई खतम गर जस्ता नारा लेख्ने गरेको पाइएको छ।
काठमाडाैँ– अमेरिकाको मिनियापोलिस शहरको एक चर्चमा प्रार्थना सभामा सहभागी स्कुले बालबालिकामाथि बुधबार भएको गोलीबारीमा दुई विद्यार्थीको मृत्यु भएको छ। यस क्रममा अन्य १७ जना घाइते पनि भएका छन्।
यस घटनामा संलग्न आक्रमणकारीहरूले आफ्ना हतियारमा भारतमा आणविक हमला गर, डोनाल्ड ट्रम्पलाई मार, इजरायललाई खतम गर जस्ता नारा लेख्ने गरेको पाइएको छ।
क्याथोलिक स्कूल चर्चमा दर्जनौं राउन्ड गोली चलाएका २३ वर्षीय रोबिन वेस्टम्यान नामक बन्दुकधारीले तीन हतियार (एक राइफल, एक बन्दुक र एक पेस्तोल) प्रयोग गरेका थिए। पछि वेस्टम्यान पार्किङमा मृत फेला परेका उनले आफैलाई गोली हानेको हुनसक्ने प्रहरी अधिकारीहरूले अनुमान गरेका छन्।
यस घटनापछि उनको डिलिट गरिएको युट्युब च्यानलका भिडियोहरू बाहिरिएका छन्। जसमा उनको बन्दुकमा डोनाल्ड ट्रम्पलाई मार, भारतमा आणविक हमला गर आदि लेखिएको थियो।
अदालतको रेकर्डअनुसार ती आक्रमणकारीले २०२० मा आफ्नो नाम रोबर्टबाट वेस्टम्यान राखेका थिए। उनले आफ्नो च्यानल हटाउनुअघि 'रोबिन डब्ल्यू' नामक युट्युब च्यानलमा कम्तिमा दुई भिडियोहरू पोस्ट गरिएका थिए।
लगभग १० मिनेट लामो र मोबाइल फोनमा खिचिएको एउटा भिडियोमा हतियार, गोला बारुद र लोड गरिएका म्यागजिनहरू देखाइएको थियो। म्यागजिनहरूमा 'डोनाल्ड ट्रम्पलाई मार', 'इजरायलले हार्नुपर्छ' र 'इजरायललाई खरानी बनाउनुहोस्' भन्ने शब्दहरू लेखिएका थिए। एउटा हतियारमा 'भारतमा आणविक आक्रमण' पनि लेखिएको थियो।
म्यागजिनहरूमा 'तिम्रो भगवान कहाँ छ' र 'बालबालिकाको लागि' पनि लेखिएको थियो।
अमेरिकी गृहसचिव क्रिस्टी नोएमले भिडियोको प्रामाणिकता पुष्टि गर्दै हिंसाको यो स्तर अकल्पनीय भएको बताएकी छन्।
We have confirmation that the shooter at Annunciation Catholic School in Minneapolis, MN was a 23 year-old man, claiming to be transgender.
— Secretary Kristi Noem (@Sec_Noem) August 27, 2025
This deranged monster targeted our most vulnerable: young children praying in their first morning Mass of the school year. This deeply sick…
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
