नेप्से परिसूचक ३८ अंकले घट्यो

नेप्से परिसूचक ३८.१० अंकले ओरालो लागेर २,७८१ मा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अंकले गिरावट भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८.१० अंकले ओरालो लागेर २,७८१ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७४ अंकले ओरालो लागेर ४७७.६८ मा सीमित भएको छ। आज कूल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर आठ अर्ब नौ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ।

आजको कारोबारपछि शेयर बजारको कूल पुँजीकरण ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ रुपैयाँ बराबर पुगेको छ। कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन्।

यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन्।