यस सिजन पहिलो पटक प्रिमियर लिगका ६ टोलीले च्याम्पियन्स लिग खेल्नेछन्। तर उनीहरूले लिग चरणमा भने एकापसमा खेल्नेछैनन्।
काठमाडौँ– च्याम्पियन्स लिग फुटबलको लिग चरणको ड्र सार्वजनिक भएको छ। छनोट भएका ३६ क्लबले लिग चरणमा खेल्ने आठ वटा प्रतिद्वन्द्वी तय भएको हो।
यस सिजन पहिलो पटक प्रिमियर लिगका ६ टोलीले च्याम्पियन्स लिग खेल्नेछन्। तर उनीहरूले लिग चरणमा भने एकापसमा खेल्नेछैनन्। लिग चरणका खेल भदौ ३१ देखि हुनेछन्।
यसपटक ३६ टोलीमध्ये प्रत्येकले ८ फरक प्रतिद्वन्द्वीसँग ४ खेल घरेलु मैदानमा र ४ खेल बाहिर खेल्नेछन्।
शीर्ष आठमा पर्ने टोलीले सिधै अन्तिम १६ मा स्थान बनाउनेछन्।
नवौँदेखि २४औँ स्थानमा रहने टोलीले अन्तिम १६ का लागि दुई खेलको प्लेअफ खेल्नुपर्ने हुन्छ। २५औँ स्थानभन्दा तल हुने टोली बाहिरिनेछन्। उनीहरूले युरोपा लिग खेल्ने अवसर पनि पाउने छैनन्।
ड्रअनुसार, लिग चरणमा पेरिस सेन्ट-जर्मेनले घरेलु मेदानमा बायर्न म्युनिख, एटलान्ट, टोटेनहम र न्युकासलसँग खेल्नेछ भने अवेमा बार्सिलोना, बायर लेभरकुसेन, स्पोर्टिङ र एथलेटिक बिल्बाओको सामना गर्नेछ।
म्यानचेस्टर सिटीले घरेलु मैदानमा बोरोसिया डर्टमन्ड, बायर लेभरकुसेन, नेपोली र गालातासारेलाई आतिथ्य गर्दा अवेमा रियल मड्रिड, भिल्लारिअल, भोदो/ग्लिम्ट र मोनाकोसँग खेल्नेछ।
बार्सिलोनाले घरेलु मैदानमा पेरिस सेन्ट-जर्मेन, फ्रांकफर्ट, ओलम्पियाकोस र कोपेनहेगेनसँग तथा अवेमा चेल्सी, क्लब ब्रुज, स्लाभिया प्राग र न्युकासलसँग खेल्नेछ।
यसैगरी, लिभरपुलले रियल मड्रिड, एट्लेटिको म्याड्रिड, पीएसभी र क्याराबागसँग घरेल मैदानमा खेल्नेछ भने इन्टर मिलान, फ्रांकफर्ट, मार्सेइ र गालातासारेसँग अवे खेल लेख्नेछ।
रियल मड्रिडले घरेलु मैदानमा म्यानचेस्टर सिटी, युभेन्टस, मार्से र मोनाकोसँग तथा अवे खेल लिभरपुल, बेन्फिका, ओलम्पियाकोस र काइरात अल्माटीसँग खेल्नेछ।
चेल्सीले घरेलु मैदानमा बार्सिलोना, बेन्फिका, अयाक्स र पाफोसलाई आतिथ्य गर्दै अवेमा बायर्न म्युनिख, एटलान्ता, नेपोली र क्याराबागको सामना गर्नेछ।
बायर्न म्युनिखले आफ्नो मैदानमा चेल्सी, क्लब ब्रुज, स्पोर्टिङ र युनियन एसजीसँग तथा अवेमा पेरिस सेन्ट-जर्मेन, आर्सनल, पीएसभी आइन्डहोभेन, पाफोससँग खेल्नेछ।
टोटेनहमले घरेलु मैदानमा बोरुसिया डर्टमन्ड, भिल्लारियल, स्लाभिया प्राग र कोपेनहेगेनसँग तथा अवेमा पेरिस सेन्ट-जर्मेन, फ्रांकफर्ट, भोदो/ग्लिम्ट र मोनाकोसँग खेल्नेछ।
यसैगरी, युभेन्टसले आफ्नो मैदानमा बोरोसिया डर्टमन्ड, बेन्फिका, स्पोर्टिङ र पाफोससँग तथा अवेमा रियल मड्रिड, भिल्लारिअल, भोदो/ग्लिम्ट र मोनाकोसँग खेल्नेछ।
आर्सनलले घरेलु मैदानमा बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, ओलम्पियाकोस, काइरात अल्माटीलाई आतिथ्य गर्दा अवेमा इन्टर मिलान, क्लब ब्रुज, स्लाभिया प्राग र एथलेटिक बिलबाओको समना गर्नेछ।
बायर लेभरकुसेनले आफ्नो मैदानमा पेरिस सेन्ट-जर्मेन, भिल्लारिअल, पीएसभी आइन्डहोभेन र न्युकासलसँग तथा अवेमा म्यानचेस्टर सिटी, बेन्फिका, ओलम्पियाकोस र कोपेनहेगेनसँग खेल्नेछ।
एट्लेटिको मड्रिडले इन्टर मिलान, आइन्क्राच फ्रांकफर्ट, भोदो/ग्लिम्ट र युनियन एसजीलाई आफ्नो मैदानमा आतिथ्य गर्दै अवेमा लिभरपुल, आर्सनल, पीएसभी आइन्डहोभेन र गालातासारेको समाना गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
