जडीबुटीमा पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

मृत्यु हुनेमा काभ्रेपलान्चोक पाँचखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरीष पौडेल रहेका छन्।

काठमाडौँ– काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलान्चोक पाँचखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरीष पौडेल रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए। 

प्रहरीका अनुसार शुक्रबार बिहान झिसमिसेमा द्रुत गतिमा हुइँकिएको स्कुटर बसमा ठोक्किएको थियो।