अछाममा छाउगोठमा सुतेका २ जनाको मृत्यु, १ घाइते

घरबाट टाढा छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ।

अछाम– छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ। एक जना घाइते भएकी छन्। 

पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविताको छाउगोठमा सुतेका बेला ढुंगाले लागेर शुक्रबार बिहान मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। घाइते एक जनालाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ।