नेपाली बजारमा शुक्रबार सुन तोलाको २ लाख ६०० रुपैयाँ पुगेर उच्च मूल्यको कीर्तिमान बनाएको छ।
काठमाडौँ– सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ६०० रुपैयाँ पुगेर उच्च मूल्यको कीर्तिमान बनाएको हो।
चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँ पुगेको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले र चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
बिहीबार एक तोला सुन १ लाख ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३५५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रतिऔँस सुन ३ हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
