प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।

काठमाडाैँ– सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई ३२औँ आईजीपी बनाउने निर्णय गरेको हो। वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते अवकाशमा जाँदैछन्।

भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्। खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रमुख रहेका छन्।