गत बैशाखमा भएको एकता महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो। सोही समितिलाई अधिवेशनबाट बचेको नगद र जिन्सी हस्तान्तरण गरिएको हो।
काठमाडाैँ– सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेशकुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आईसीसी)लाई ८३ लाख ६२ हजार रुपैयाँ नगद र केही जिन्सी सामग्री हस्तान्तरण गरेको छ।
शुक्रबार ललितपुर कुपन्डोलस्थित होटेल हिमालयमा आयोजित हस्तान्तरण कार्यक्रममा उच्चस्तरीय समितिका तर्फबाट कुल आचार्य र सदस्य सचिव जानकी गुरुङलगायतले समितिका अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष ठाकुर ढुंगानालाई चेक र जिन्सी सामग्रीको फाइल हस्तान्तरण गरेको हो।
सर्वोच्च अदालतको २०८० चैत २० को फैसलाअनुसार एनआरएनएमा देखिएको लामो समयदेखिको विवाद समाधान गर्न संघका पूर्वअध्यक्ष डा.शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको थियो। सर्वोच्चको निर्देशनअनुसार समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिइएको थियो। समितिको पहिलो बैठकले एकता महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको थियो।
गत बैशाख २०–२१ (मे ३–४, २०२५) मा काठमाडौँको हायात होटेलमा आयोजित एकता महाधिवेशनले सन् २०२५–२०२७ कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो।
सोही समितिलाई अधिवेशनबाट बचेको नगद र जिन्सी हस्तान्तरण गरिएको हो। हस्तान्तरण समारोहमा पूर्वअध्यक्षहरू डा.शेष घले, देवमान हिराचन, कुल आचार्यलगायत अभियन्ताहरू विनोद कुँवर, आरके शर्मा, नरेन्द्र रानाभाट, हालका महासचिव आरबी लामा, सचिव चिन्तामणि सापकोटालगायतले आफ्नो धारणा राखेका थिए।
पछिल्लो समय एनआरएनएभित्र कार्यसमितिको वैधानिकताबारे विवाद बढ्दै गएको छ। एघाराैँ महाधिवेशनबाट निर्वाचित भएका बद्री केसी समूहले कार्यालयको सचिवालयबाटै कार्य सम्पादन गर्दै आएको छ। गत असार ५ गते सर्वोच्च अदालतले २०८० चैत २० को फैसला पुनरावलोकन गर्न आदेश दिएसँगै बद्री केसी समूहले एकता महाधिवेशनबाट चुनिएको श्रेष्ठको कार्यसमितिलाई अस्वीकार गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
