नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागिताबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारले जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ। मंगलबार सम्पन्न पार्टी पोलिटब्युरो बैठकले सो निर्णय गरेको हो।
थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। "अन्तिम निर्णय गर्नका लागि केन्द्रीय सचिवालयलाई पोलिटब्युरोले अधिकार प्रदान गरेको छ", उनले भने।
बैठकमा धेरैजसो नेताहरूले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए।
त्यसैगरी, बैठकले वामपन्थी पार्टीबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रीय सचिवालयलाई नै प्रदान गरेको छ। केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताए।
पार्टीभित्र संगठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने निर्णय पोलिटब्युरो बैठकले गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
