श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रंगशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट स्थानीय तह बनेको छ।
काठमाडाैँ– श्रमदानसहितको लगानीमा खेलकुद एकेडेमी, रंगशालालगायत संरचना बनाउन सफल मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्टट स्थानीय तह बनेको छ।
मुलुककै उत्कृष्टष्ट स्थानीय तह बनेसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६२औँ वार्षिकोत्सवमा बागमती गाउँपालिकालाई सम्मान गरिएको हो।
आर्थिक अवस्था कमजोर भएकाले क्षमता भएर पनि माथि उठ्न नसकेका खेलाडीलाई खेलकुद एकेडेमीमा राखेर पढाइसँगै प्रशिक्षण गराउने उद्देश्यले खेलाडीको छनोट गरिरहेको पालिकाले जनाएको छ।
पालिकाले सर्वाधिक पुरस्कार राशि रहेको गोल्डकपको आयोजना, श्रमदानबाट खेल मैदान निर्माण तथा खेलकुदका क्षेत्रमा बजेट विनियोजन गरेर योगदान गरेको भन्दै सम्मान गरिएको राखेपले जनाएको छ। नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा पालिकाले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरिएको जनाइएको छ।
संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य सचिव टंकलाल घिसिङलगायतले गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, पालिकाका खेलकुद समितिका अध्यक्ष रहरसिं थिङ, निवर्तमान अध्यक्ष अरुण बललगायतलाई सम्मानपत्र प्रदान गरे।
राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन, प्रोत्साहनलगायत विभिन्न नतिजाको मूल्यांकन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ। बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेको छ।
उक्त पालिकाले विभिन्न खेलकुद प्रतियोगिता अयोजनालगायत विभिन्न खेलसम्बन्धी वार्षिक कार्यक्रम बनाएर बजेट विनियोजन गरिरहेको छ। हालै सम्पन्न राष्ट्रिय जुनियर उसु प्रतियोगितामा पालिकाले २५ वटा पदक प्राप्त गर्न सफल भएको छ।
राखेपले आफ्नो वार्षिकोत्सवमा पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
