लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिनको निधन

नगरप्रमुख सजरुद्दिन मुसलमानको शनिबार बिहान हृदयाघातका कारण निवासमै निधन भएको हो।

भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । 

लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमानको शनिबार बिहान हृदयाघातका कारण निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

उनको अन्त्येष्टि शनिबार साँझ परम्परागत रूपमा स्थानीय कब्रिस्तानमा गरिने नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए। 

सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए।