चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।
काठमाडौँ– पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ प्रकाशन हुने भएको छ।
मदन पुरस्कार विजेतासमेत रहेका चन्दको उपन्यास सामाजिक कथावस्तुमा रचिएको छ। भाद्र २० गते विमोचनको तयारी गरिएको कृति १४४ पेजको रहेको छ। उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ।
नेपाली साहित्य क्षेत्रलाई दर्जनौँ कृती दिएका चन्दको यसअघि कथा, नाटक, र उपन्याससंग्रह प्रकाशित भएका छन्। चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।
चन्दका अपराजिता, बार्हौं खेलाडी , रात्रीभोज, हिउँको तन्ना , नेताको साथी जस्ता चर्चित पुस्तक प्रकाशित छन्।
बदलिँदो समयचक्र उपन्यास संवर्द्धन पब्लिकेसनले प्रकाशन गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
