धनुषामा मूर्ति विसर्जनको क्रममा विवाद, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको जनाएको छ।

जनकपुर– धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपूरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको छ।

गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद उत्पन्न भइ ढुंगा हानाहान हुँदा भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घाइतेहरूको नाम खुल्न बाँकी रहेको छ।

धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म एक दर्जन अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थिति नियन्त्रणमा लिन नजिकका प्रहरी चौकीहरूबाट पनि अतिरिक्त टोली परिचालन गरेको धनुषा प्रहरीले जानकारी दिएको छ।

अहिले स्थिति नियन्त्रणमा रहेको धनुषा प्रहरीले दाबी गरेको छ।