कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। 

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाहसमेत केही बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

त्यसैगरी राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।