पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
काठमाडौँ– खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै पद्मश्री साहित्य पुरस्कार अर्पण गर्ने निर्णय गरिएको जनाएको हो। छालबाटोले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता विषयलाई समेटेको छ।
यस्तै, पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए। शर्माले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित गरेको प्रतिष्ठानले बताएको छ।
शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तक प्रकाशित छन्।
त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ प्राडा अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा.अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन्।
पुरस्कारको राशि जनही ३ लाख नगद रुपैयाँसहित सम्मानपत्र रहेको छ। यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
