वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्गसँगै बैतडीको देहिमाडौँ–गिरेगडा सडक पनि अवरुद्ध भएको छ।
जुम्ला– कालीकोटको गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
अविरल वर्षासँगै शनिबार राति गएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए।
वर्षा नरोकिएका कारण पहिरो खुलाउन समस्या भइरहेको उनले बताए। उता, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध भएको छ। दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको हो।
सडक खुलाउने प्रयास भइरहेको भए पनि ढुंगाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
