इम्बोस्ड नम्बर प्लेट जोड्न छैन सहज [तस्वीरहरू]

इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था कार्यालयमा बिहानदेखि बेलुकासम्म लाइन लाग्नु परेको सेवाग्राहीको गुनासो छ।

इम्बोस्ड नम्बर प्लेट जोड्न छैन सहज [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी
गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेको भीड।

काठमाडौँ– सरकारले असोज १ देखि निजी तथा सार्वजनिक सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको छ। 

इम्बोस्ड नम्बर प्लेट जडानका लागि बिहानदेखि बेलुकासम्म लाइन लाग्नु परेको सेवाग्राही बताउँछन्। बैंकिङ कारोबारलगायत प्रक्रिया पूरा गर्न घण्टौँ समय लाग्ने गरेको भक्तपुरबाट गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय आएका सीताराम हेम्बाले बताए। 

null

सरकारले असोज १ गतेबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको छ। सहज सेवा प्रवाहका लागि प्रयासरत रहेको यातायात व्यवस्था विभागको भनाइ छ। 

nullnullnullnullnullnullnull