नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार गर्नुपर्ने अवस्था रहे पनि सरकार उल्टै निजी कलेजलाई पोस्ने नीतिमा लागेको डा. केसीको आरोप छ।
काठमाडौँ– चिकित्सा शिक्षा अभियन्ता प्राडा गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धिलगायत निर्णयको विरोध गर्दै सत्याग्रह शुरू गरेका छन्।
धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आइतबार तीन दिने सत्याग्रह शुरू गरेका हुन्।
केही समययताका आयोग, सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको उनको आरोप छ। “चिकित्सा शिक्षा ऐनको मर्मविपरित प्रधानमन्त्री केपी ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण हालै चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको छ। त्यसलगायत विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला त भरिन्छ तर शिक्षाको गुणस्तरमा ह्रास आउँछ,” उनले विज्ञप्तिमा भनेका छन्।
नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार गर्नुपर्ने अवस्था रहे पनि सरकार उल्टै निजी कलेजलाई पोस्ने नीतिमा लागेको डा. केसीको आरोप छ।
निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने उनको माग छ।
यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
