३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ३१.१७ अंकले घट्दै २,७४९.८३ विन्दुमा बन्द भएको छ।

काठमाडाैँ– साताको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ३१.१७ अंकले घट्दै २,७४९.८३ विन्दुमा बन्द भएको छ। यसअघि बिहीबार बजार ३८.१० अंकले घटेर २,७८१ विन्दुमा पुगेको थियो।

आज शेयर कारोबार पनि घटेको छ। बिहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ कारोबार भएको बजारमा आज भने ३२१ स्टकको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर खरिदबिक्रीमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको हो।

आज सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेको छ। फ्लोट इन्डेक्स २.३१ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.८४ अंकले घटेको छ।

आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १५२ रुपैयाँले बढेर प्रतिकित्ता २,३९६.०७ रुपैयाँमा अन्तिम कारोबाार भएको छ। आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १,०६१.५६ रुपैयाँमा कारोबार भएको छ।

त्यसैगरी, यसदिन ग्लोबल आईएमई समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी, नेपाल रिपब्लीक मिडिया र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ।