काठमाडाैँमा सुदूरपश्चिमेलीको गाैरा (तस्वीरहरू)

सुदूरपश्चिम क्षेत्रको विशेष चाड मानिने गाैरा काठमाडाैँमा पनि विविध कार्यक्रम गरी मनाइएको छ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

काठमाडाैँ– सुदूरपश्चिम क्षेत्रको विशेष चाड मानिने गाैरा काठमाडाैँमा पनि विविध कार्यक्रम गरी मनाइएको छ। यहाँ बस्दै आएका सुदूरपश्चिमेलीहरू टुँडिखेलमा भेला भएर डेउडालगायत विभिन्न सांगीतिक तथा सांस्कृति कार्यक्रम आयोजना गरी गाैरा पर्व मनाएका हुन्।

null

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने यो पर्व अष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ।

null

गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ। महिलाले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।nullnullnullnullnullnullnull