राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन।
ढोरपाटन– नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ।
राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन। ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ।
साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्न हम्मेहम्मे पर्छ। यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा आउने गर्छन्। पर्यटकले प्रयोग गर्ने सवारीसाधन बीचबाटोमै बिग्रिने गरेको छ। वर्षाले सडकमा लेदोसहितको हिलो र ढुंगा थुपारेको छ।
रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै सडक ढोरपाटन जोडिएको छ। सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेकबेँसी गर्नै सकस हुने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खीमबहादुर घर्तीमगरले बताए।
“यो सडकका कारण यस क्षेत्रका नागरिक र आगन्तुकले दुःख पाउनुपरेको छ, निर्माण कम्पनीले समयमै काम गरी दिएको भए अहिलेसम्म सकिने थियो, बारम्बार काम गर्नका लागि आग्रह गर्यौँ तर कार्यान्वयन भएन,” उनले भने।
नवलपुरबाट ढोरपाटन घुम्न आएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिँदा दुईदिन अलपत्र परेको गुनासो पोखे। सामाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्वीर र भिडिओ देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उनको भनाइ छ।
“ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने सडकको अवस्था निकै खतरा रहेछ, हामी यहाँको सुन्दरता देखेर आएका थियौँ, यस्तो सडक छ भन्ने थाहा पाएको भए आउने थिएनौँ,” उनले भने।
२०७१ मा बागलुङ खण्डमा सडक ट्रयाक खुलेको थियो। गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर छ। सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर छ।
बडिगाड गाउँपालिका–१० गंगरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि चार वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो। हालसम्म काम हुन नसकेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
