नेपाल आइडल सिजन–६ को विजेता बनिन् गंगा सोनाम

आइतबार राति भएको ग्रान्ड फिनालेमा बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए।

पाटन– नेपाल आइडल सिजन–६ को विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन्। 

आइतबार राति ललितपुरमा भएको ग्रान्ड फिनालेमा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्। 

विजेता सोनामले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए। 

विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले पुरस्कार प्रदान गरे। 

२०८२ जेठ २ गते शुरू भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल रहेका थिए।