आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन सोमबार १ हजार ७०० रुपैयाँले बढेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ।
आइतबार स्थानीय बजारमा प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन सोमबार तोलामा १ हजार ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। जुन हालसम्मको उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर ३ हजार ४८० हाराहारीमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
