काठमाडौँमा पार्किङको झमेलाः गुडेका सवारीसाधन रोक्ने/राख्ने कहाँ?

काठमाडौँ उपत्यकामा काम विशेषले दुई पाङ्ग्रे वा चार पाङ्ग्रे निजी सवारीसाधन लिएर निस्किने जोकोहीले जामको सास्ती मात्र होइन, पार्किङ स्थलबारे पहिल्यै नसोचे कामै नगरी निवास फर्किनुपर्ने अवस्था आउन सक्छ।

काठमाडौँ– बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतअगाडि सडकमा भदौ ९ गते मध्याह्न सेतो कार घ्याच्च रोकियो। दुईटै हातले स्टेरिङ समातेका चालक गाडीभित्रैबाट दायाँबायाँ हेर्दै थिए, पछाडिबाट ऋद्धिसिद्धि यातायातको बसले हर्न बजाइहाल्यो। चालकले कार जिल्ला प्रशासन कार्यालय पस्ने गल्लीतिर मोडे। 

गाडी घुमाउँदै उनी करिब १० मिनेटपछि फेरि जिल्ला अदालतअगाडिको सडकमै आइपुगे। फेरि त्यहाँ रोकिए। कार सुरेश थपलियाले चलाइरहेका थिए, पार्क गर्ने स्थान नै नपाउँदा हैरान थिए। 

“यसअघि अदालतमा कहिल्यै आउनुपरेको थिएन। यहाँ त पार्किङ नै रहेनछ,” उनले उकालोसँग भने, “नातामा भाइ पर्ने यही अदालतमा काम गर्छ, उसलाई सोध्दा पारि वन कार्यालयमा पार्क गर्दा हुन्छ भन्यो।”

काठमाडौँ जिल्ला अदालतमा दिनहुँ सेवाग्राही र कानून व्यवसायीको भीड लाग्छ। तर त्यहाँ सेवाग्राहीका लागि निश्चित पार्किङ स्थल छैन। अदालतको गेट नं ३ बाट सवारीसाधन छिराउन त पाइन्छ, तर त्यहाँ अदालतका कर्मचारीहरूको लागि मात्रै पार्किङ तोकिएको भन्दै सुरक्षागार्डले फर्काउँछन्।

nullयस्तै अवस्था सर्वोच्च अदालतमा पनि छ। सर्वोच्चका कर्मचारी र न्यायाधीशका लागि पार्किङको सुविधा भए पनि सर्वसाधारणका लागि छैन।

उपत्यकाका अस्पतालको अवस्था पनि त्यस्तै छ। भदौ १० गते महाराजगन्जस्थित मेरिडियन अस्पताल आइपुगेका सर्वन राई मोटरसाइकल पार्क गर्ने ठाउँ नपाएर हैरान थिए। महाराजगन्ज चोक क्षेत्रमा दुई चक्कर लगाइसक्दा पनि उनले पार्किङ स्थल भेटाएनन्।

मेरिडियन अस्पतालको पार्किङ स्थल त छ, तर निकै साँघुरो। केही मोटरसाइकल र चार वटासम्म साना गाडी अटाउँछन्। त्यो दिन पार्किङ स्थल प्रवेश गर्ने ठाउँमै सुरक्षागार्डले ‘पार्किङ फुल’को बोर्ड राखिदिएका थिए।

सर्वनकी श्रीमतीलाई सासुले ट्याक्सीबाट अस्पताल ल्याएकी थिइन्। “म मोटरसाइकलमा आएँ, अहिले आफैसँग रिस उठिरहेको छ। ट्याक्सीमै आएको भए यो झमेला हुन्थेन,” उनले भने, “चोकबाट घुमाएर ल्याउँदा जाम परिहाल्यो, झन्डै १५ मिनेट लाग्यो फर्केर आउन।”

nullभदौ १२ गते परिवारसहित ललितपुरस्थित पाटन दरबार स्क्वायर घुम्न पुगेका विवश आचार्य गाडीबाट ओर्लिनै पाएनन्। पाटन दरबार स्क्वायरनजिकै पार्किङ स्थलमा उनले ठाउँ पाएनन्। साँघुरो सडकमा गाडी केहीबेर रोकेपछि ट्राफिक प्रहरीले सिटी फुकेर जान भनिहाले।

त्यहाँबाट उनी ग्वार्को चोक हुँदै घरै फर्किए। ग्वार्कोमा उकालोसँगको कुराकानीमा उनले काठमाडौँ उपत्यकाभरि पार्किङको समस्या रहेको गुनासो गरे। मोटरसाइकल हुनेले थोरै राहत पाए पनि चार पांग्रे हुनेलाई सास्ती हुने उनको भनाइ थियो।

“शुरूमै गाडीको पार्किङबारे खोजीनीति गर्नुपर्छ। आफ्नो उपस्थितिभन्दा पनि गाडीकै चिन्ता हुनथाल्छ,” उनले भने, “पार्किङ नभएको कति ठाउँमा आउन भ्याउँदिनँ भनेर ढाँट्नुपरेको छ।” 

सडक नै पार्किङ स्थल!
काठमाडौँ उपत्यकाका अधिकांश पसल, रेष्टुरेन्ट, अस्पताल, क्याफेलगायतमा पार्किङको उचित व्यवस्था छैन। यस्ता ठाउँ आसपास सार्वजनिक पार्किङ स्थलको व्यवस्था पनि छैन। यी क्षेत्रमा सडक किनारमै सवारीसाधन पार्किङ गरिएको हुन्छ।

अनामनगर भाटभटेनीबाट नयाँ बानेश्वरतर्फ जाने सडकखण्डमा रहेको एक लुगा पसलअगाडि भदौ ८ गते साँझ चार पांग्रे सवारीसाधन एकैछिन रोकिँदा जाम भयो। चालक पसलबाट निस्किएर गाडी सिंहदरबारतर्फ सोझ्याएपछि मात्रै जाम खुल्यो।

सोही दिन दरबारमार्गस्थित जुत्ता किन्न स्कुटर चढेर आएका दम्पतीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको छेउबाट जाने होटल याक एन्ड यतिको गल्लीमा पार्क गरे। उनी जुत्ता किनेर फर्केर आउँदा ट्राफिक प्रहरीले स्कुटरमा ‘ह्विल लक’ लगाइसकेको थियो। उनी चर्को स्वरमा भनिरहेका थिए, “कता गएछ लक लगाएर? सडक छेउमा राख्दा के बिग्रियो?”

तीनकुनेस्थित तरकारी बजारमा आउने ग्राहकका लागि पार्किङको व्यवस्था छैन। त्यहाँ पनि सडक किनारलाई नै पार्किङ स्थल बनाइएको छ। तरकारी बजारनजिकै किराना पसल चलाउने चन्द्र तामाङ बिहान र साँझ तीनकुने करिडोरमा अच्चाक्ली जाम हुने बताउँछन्।

“कहाँकहाँबाट तरकारी किन्न आउँछन् मान्छेहरू। सडकमा जथाभाबी गाडी छाडेर बजार छिर्छन्। यता अरू गाडी बेस्सरी हर्न बजाउन थाल्छन्,” तामाङ भन्छन्, “साँझ बिहान त होहल्लाले दिक्दार बनाउँछ।”

nullकाठमाडौँ उपत्यकामा व्यवसायका दृष्टिले ठमेल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, कलंकी, कोटेश्वर, पुतलीसडक, नक्साल, बालुवाटार, चाबहिल, बौद्ध, झम्सिखेल, जावलाखेललगायत क्षेत्रमा धेरै भीडभाड हुन्छ। उपत्यकाका अन्य धेरै क्षेत्रमा पनि व्यवसाय विस्तार भइसकेका छन्। ती क्षेत्रमा पनि न सार्वजनिक पार्किङ स्थल छन्, न त सम्बन्धित संस्थाले पार्किङको उचित व्यवस्था गरेका छन्।

कहाँ पुग्यो काठमाडौँ महानगरको योजना?
काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो कार्यकालयको शुरूमै महानगरका तीन ठाउँमा भूमिगत पार्किङ बनाउने घोषणा गरेका थिए। कालोपत्रे सडकमाथि भइरहेको पार्किङ कम गर्न टुँडिखेल वा खुलामञ्चमुनि, बानेश्वर क्षेत्रका लागि तीनकुने पार्कमुनि, ठमेल क्षेत्रका लागि समाज कल्याण परिषद्स्थित उपराष्ट्रपति भवन छेउको खाली जग्गामुनि पार्किङ स्थल बनाउने घोषणा भएको थियो।

मेयर शाहले त्यसका लागि सम्भाव्यता अध्ययन अगाडि बढेको र महानगरले डीपीआरको प्रक्रिया पनि अगाडि बढाइसकेको बताएका थिए। उनले यस्तो भनेको तीन वर्ष नाघिसक्दा पार्किङ स्थल बन्न शुरू नै भएको छैन।

nullकाठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर योजनाबमोजिम पार्किङ स्थल बनाउन नसकिएको बताउँछन्। तीनवटै ठाउँमा परिस्थिति अनुकूल नहुँदा काम अगाडि नबढेको उनको भनाइ छ।

टुँडिखेलमा दुईतले पार्किङ स्थलको निर्माण शुरू गर्न खोज्दा अभियन्ताहरूले दबाब दिएको र काम अघि नबढेको प्रवक्ता मानन्धर बताउँछन्। “तीनकुनेमा मुआब्जा समस्याले काम रोकियो। समाज कल्याणमा उपराष्ट्रपति बस्ने भनेर मान्छे पनि छिर्न नदिने भनेपछि रोकिएको हो,” उनी भन्छन्।

यी तीन ठाउँको विकल्पमा उपयुक्त ठाउँ नभेट्दा पर्किङ स्थल बनाउन नसकिएको मानन्धरको भनाइ छ। “अहिलेलाई निजी पार्किङ स्थलको विकल्प छैन। बजेटमा पनि पार्किङ स्थलको योजना राखिएको छैन, पार्क बनाउने मात्रै छ,” उनी भन्छन्।

शहरी योजना र सामाजिक अन्दोलनका अध्येता सविन निङ्लेखु काठमाडौँ उपत्यकामा पार्किङ समस्या कम गराउन पर्याप्त र सुधारिएको सार्वजनिक यातायात पनि भएको बताउँछन्। उनका अनुसार चक्रपथभित्रका खाली ठाउँहरूलाई पार्किङ क्षेत्रको रूपमा प्रयोग गर्ने विकल्प पनि हुनसक्छ।

यसका लागि शहरी योजनासँग सम्बन्धित निकायहरूले त्यस्ता खुला क्षेत्रको क्षमता र हालको अवस्थाको विवरण संकलन गर्नुपर्छ। निङ्लेखु भन्छन्, “कुन क्षेत्रमा दिनहुँ कति मान्छेको आवतजावत हुन्छ भन्ने विवरणले पार्किङ स्थल कत्रो, कस्तो र कहाँ चाहिन्छ भन्ने निर्णय गर्न सकिन्छ।”

Aba singapore jasto nagari upaye chaina

Sait pradhan

2 months, 2 weeks ago

Cycle bata majale war par garna sakiyena sano upateka ma byaktigat motorcycle ra byaktigat gadi thape ko thapai gare pachi jam nabhyera singapore jasto byabasthit huncha ta ? ki amsterdam jasto cycle sahar banaune vision hunu paryo athaba singapore jasto garna paryo jahan byaktigad motorcycle ra gadi ma 1 lakh US $ kar lagayincha ra sarabajanik bijuli ra hydrogen ka bus haru bihana 5 baje dekhi rati 12 baje samma chalchan , tehan pradushan pani chaina jam pani chaina Yehan jasto kunai vision nabhayi gadi thapeko thapai garne ho bhane kathmandu jatrai parking ko byabastha gare pani kam chaina