आज नेप्से परिसूचक १२.०३ अंकले बढेर २,७६१.८६ को विन्दुमा कायम भएको हो।
काठमाडाैँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। आज परिसूचक १२.०३ अंकले बढेर २,७६१.८६ को विन्दुमा कायम भएको हो।
आज विभिन्न ३२६ कम्पनीका १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा व्यापार समूह ०.८५ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह १.५०, विकास बैंक ०.५२, वित्त ०.१४, होटल तथा पर्यटन ०.४३, जलविद्युत् ०.०८ र लगानी समूह ०.१८ प्रतिशतले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.३६, लघुवित्त ०.२७, म्युचुअल फन्ड ०.१६ र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ। हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ।
त्यस्तै, सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.६८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोड आठ लाख २३ हजार १८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको नौ लाख एक हजार ५४७ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
