नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
काठमाडाैँ– नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौतापत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको छ।
सन् २०१० देखि नै साउदीसँग श्रम सम्झौताको प्रयास हुँदै आएकोमा लामो समयको प्रयासपछि श्रम मन्त्री शरतसिंह भण्डारीले यसलाई अन्तिम रूप दिएका छन् । लाखौँ नेपालीको वैदेशिक रोजगार गन्तव्य रहेको साउदीसँग श्रम समझदारीपत्र गर्न बाटो खुलेको जानकारी मन्त्री भण्डारीले दिएका छन्। यो सम्झौताले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र 'इम्प्लोयर पे पोलिसी' अनुसारको सुविधा प्राप्त गर्नेछन्। आगामी सबै श्रम सम्झौता पत्रमा नेपाली श्रमिकको आवश्यकता र प्राथमिकता तथा मानव अधिकारलाई केन्द्रमा राखिने मन्त्री भण्डारीको दाबी छ।
श्रम सचिव डा कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भीर रूपमा विश्लेषण गरिरहेको बताएका छन्। मन्त्रालयले विगतमा भएका श्रम समझदारीपत्रहरुको समेत विस्तृत समीक्षा गरिरहेको बताउँदै सचिव पुष्करले श्रमिक पठाउने मुलुकमा श्रम शोषण र मानव अधिकार उल्लंघनका विषयमा नेपाल सरकारले शून्य सहनशीलता नीति अपनाइएको प्रष्ट पारे।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ्गले नेपाल–साउदी श्रम सम्झौता स्वागतयोग्य रहेको बताउँदै अन्य मुलुकहरूमा समेत यस्ता सम्झौता गर्न सुझाव दिएका छन्। श्रम तथा रोजगारका क्षेत्रका विज्ञ युवराज बस्नेतले नेपाली श्रमिक विदेशी भूमिमा सामाजिक संरक्षण प्राप्त गर्नेमा यो सम्झौताले ध्यान दिएको बताएका छन्।
सन् २०३४ मा हुने फिफा विश्वकप आयोजनाको तयारीस्वरूप साउदीले विगतमा श्रम नीतिमा व्यापक सुधार गरिरहेको छ। ‘मोडर्न डे स्लेभरी’ मानिने कफला प्रणालीमा सन् २०२१ को मार्चमै सुधार गरिसकेको साउदीले श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको छ।
कतारमा भएको विश्वकपमा श्रमिक शोषणको विषय अन्तर्राष्ट्रिय रूपमा उठेपछि साउदीले श्रमिकको अधिकार र सेवामा विशेष ध्यान दिएको देखिन्छ। यसअघि नै ‘साउदी फन्ड’को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
