कोशी बराजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।
धरान– सप्तकोशी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ वटा ढोका खोलिएको छ।
पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोशी बराजका ५६ मध्ये ३८ वटा ढोका खोलिएको हो।
सोमबार राति गरिएको जलसतह मापनअनुसार कोशी बराजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो।
बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।
“बराजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकको बहाव पार गरेपछि जलप्रवाहलाई खतराको संकत स्वरूप जनाइन्छ। रातो बत्ती बाल्नु खतरा सम्भावना भएको अवस्था हो, जसले स्थानीय र सरोकार भएकालाई सतर्क रहन संकेत गर्छ,” उनले भने।
हाललाई डुबानको प्रत्यक्ष जोखिम भने नरहे पनि जलसतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको प्रवक्ता खतिवडाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
