गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

मंगलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प भएको छ।

काठमाडौँ– गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प भएको हो। 

यसअघि, भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निचुडको भूकम्प गएको थियो। 

नेपालमा पछिल्लो समय ससना भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।