सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो। सडक भासिने र पहिरो जाने क्रम भने अझै रोकिएको छैन।
मलेखु– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा शुरू भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ। कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिरोले जोखिममा परेको हो।
स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ। सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो। सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन।
पछिल्ला वर्षमा सडक तलतिर दबिने र माथिबाट पहिरोले धकेल्ने क्रम झन् बढेको स्थानीय भरत ढुंगानाले बताए।
सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडक यही हो। नीलकण्ठ–८ दारेगौँडामा सडक भासिन थालेको झन्डै २४ वर्ष भयो। गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाएको थियो। मर्मत शुरू भएको पनि थियो। तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाका भरमा काम गरिँदा काम सक्नै नपाई पहिरोले क्षति पुर्यायो। त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको ढुंगानाले बताए।
“सडकमा अहिले त नजिक पुग्दा पनि डरलाग्दो बनेको छ। सडक छेउबाट कुनासम्म नै दबिएको छ। आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन। कुनापट्टिबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ,” उनले भने।
अन्यत्र जिल्लाबाट सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडकको दारेगौँडा पार गर्दा यात्रु र सवारी चालकलाई हम्मेहम्मे हुने गरेको चालक डम्बरबहादुर श्रेष्ठले बताए। “पहिरोको बीचतिर पुग्दा त ज्यानै सिरिंग हुन्छ, लोड लिएर आएको बेला गाडीसहित खसियो भने बाँचुम्ला भन्ने आश छैन,” उनले भने।
पहिरोको लम्बाइ करिब १०० मिटरमात्र छ। सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो। भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ। सडकको तल्लोपट्टि थोपल खोला छ। खोलाकिनारदेखि नै शुरू भएको पहिरोले सडक तानिरहेको छ। माथिबाट पनि पहिरो खस्ने क्रम दिनहुँ बढ्दो छ।
सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ। सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्ति दैनिक यही सडक हुँदै सदरमुकाम आवतजावत गर्छन्। तर सम्भावित जोखिम र दुर्घटनाबारे चासो देखाएको पाइँदैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
