एक तोला सुनको मूल्य २ लाख ५ हजार ९००

महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

सोमबार प्रतितोला सुन २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज ६०० रुपैयाँ बढेको हो। चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ पुगेको छ।

महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।