त्यहाँको सरकारले प्रविधिको सकारात्मक पक्षलाई संरक्षण गर्दै, नकारात्मक र हानिकारक प्रयोगलाई नियन्त्रणमा ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाएको स्पष्ट गरेको छ।
अस्ट्रेलियाको सरकारले सामाजिक मर्यादा र नागरिक सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको दुरुपयोग रोक्नका लागि आवश्यक कदम चाल्ने घोषणा गरेको छ।
बनावटी तथा अश्लील सामग्री उत्पादन गर्न सक्ने वा लुकीछिपी मानिसहरूलाई पछ्याउन प्रयोग गरिने प्रविधहरूमा नियन्त्रण गर्ने जनाइएको छ।
सञ्चार मन्त्री अनिका वेल्सले एक औपचारिक वक्तव्य जारी गर्दै भनिन्, “हाम्रो समाजमा प्रविधिको सकारात्मक उपयोगको प्रशस्त सम्भावना छ। तर जसले व्यक्तिको मर्यादा, गोपनीयता र मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्छ, यस्ता प्रविधिको कुनै स्थान हुनु हुँदैन। विशेष गरी बालबालिकाको सुरक्षालाई हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ।”
मन्त्री वेल्सका अनुसार हाल यस्ता प्रविधिहरू सजिलै उपलब्ध छन् र तिनीहरूले व्यक्तिमा तत्काल र दीर्घकालीन असर पारिरहेका छन्। त्यसैले सरकारले यिनको प्रयोगमा आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय लिएको हो।
यसअघि अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नीति घोषणा गरिसकेको छ, जुन आगामी डिसेम्बर महिनादेखि लागू हुनेछ। यसैको निरन्तरतामा, नयाँ नियमले पनि प्रविधिको दुरुपयोग रोक्न प्रविधि कम्पनीहरूलाई उत्तरदायी बनाउनेछ।
संघीय सरकार अन्तर्गत कार्यरत डिजिटल सुरक्षा आयोगकी प्रमुख जुली इनम्यान ग्रान्टले पछिल्ला १८ महिनामा १८ वर्षभन्दा कम उमेरका बालबालिकासँग सम्बन्धित बनावटी अश्लील तस्वीरहरू सम्बन्धी उजुरीको संख्या अघिल्ला सात वर्षको तुलनामा दोब्बर भएको जानकारी गराएकी थिइन्।
सरकारले प्रविधिको सकारात्मक पक्षलाई संरक्षण गर्दै, नकारात्मक र हानिकारक प्रयोगलाई नियन्त्रणमा ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाएको स्पष्ट गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
