सिन्धुपाल्चोकमा ४ म्याग्निच्युडको भूकम्प

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लामासमेत अनुभव गरिएको थियो।

काठमाडौँ– सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। 

मंगलबार राति ११:२३ बजे चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लामासमेत अनुभव गरिएको थियो।

त्यसअघि मंगलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुर  केन्द्रबिन्दु बनाएर चार म्याग्निच्युडको भूकम्प गएको थियो। 

दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।