कोशी, मधेश र बागमतीमा भारी वर्षा हुने पूर्वानुमान

दिउँसो देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशलगायत पहाडी र तराईका केही भूभागमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशलगायत पहाडी र तराईका केही भूभागमा मध्यम वर्षाको सम्भावना छ।

राति कोशी र मधेशसहित देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुनेछ। 

कोशी, तराई र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।