तोलाको २ लाख ७ हजार ९०० रुपैयाँ पुग्यो सुनको मूल्य

मंगलबार तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन २ हजार रुपैयाँले बढेको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

मंगलबार प्रतितोला सुन २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला २ हजार रुपैयाँले बढेको हो। चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।