नेप्से परिसूचक १५ अंकले घट्यो

नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ को विन्दुमा कायम भएको छ। कारोबार रकम पनि घटेको छ।

आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँमा खुम्चिएको हो।

आजको कारोबारमा म्युचुअल फन्ड ०.२२ र व्यापार समूह ०.०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.५५, विकास बैंक ०.८५, वित्त ०.७६, होटल तथा पर्यटन ०.९३, जलविद्युत् ०.९३, लगानी ०.५४ र जीवन बिमा ०.५६ प्रतिशतले घटेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.६९, निर्जीवन बिमा  ०.३९ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ। हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य ६.९९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३३ करोड ८० लाख २२ हजार ५२४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता शेयर खरिदबिक्री भएको छ।