पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।

काठमाडौँ– कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। 

यसअघि पनि पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको थियो। ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।

केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।