भूकम्पका कारण तीन हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन्। करिब पाँच हजार ४०० घर ध्वस्त भएको अधिकारीहरूले जनाएका छन्।
अफगानिस्तानको कुनार प्रान्तस्थित नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको ६ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ४०० पुगेको छ।
तीन हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन्। यस भूकम्पले करिब पाँच हजार ४०० घर ध्वस्त बनाएको छ। हजारौँलाई घरबारविहीन बनाएको छ।
केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल पुर्याइएको छ। खालिद इब्न वालिद कोप्रस्का प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले उद्धारका लागि सैन्य तथा नागरिक निकायका टोली परिचालन गरिएको जानकारी दिए।
भूकम्पको क्षति नुरिस्तान, पञ्जशिर, लगमान र नंगरहार प्रान्तका केही भागमा समेत भएको ग्रामीण पुनर्स्थापना तथा विकासमन्त्री मुल्ला मोहम्मद युनुस अखुन्दजादाले बताए। “हामी अहिले कुनारको अवस्थासँग जुधिरहेका छौँ, तर छिमेकी प्रान्तमा पनि मृत्यु र घाइते भएका खबर आएका छन्,” उनले भने।
सडक अवरुद्ध भएका कारण उद्धार कार्यमा कठिनाइ भएको छ। अफगान रेडक्रस सोसाइटी कुनारका प्रमुख अब्दुल लतिफ साबेतले सडक खुलाउने प्रयास भइरहेको बताए।
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाको उपस्थिति घटेको भए पनि अधिकारीहरूले केही संगठनले सहयोगको आश्वासन दिएको जनाएका छन्।
अफगानिस्तानले पछिल्ला वर्षहरूमा लगातार प्राणघातक विपत्ति भोगिरहेको छ। सन् २०२३ मा हेरात भूकम्पमा एक हजार ४०० भन्दा बढी र सन् २०२२ मा पाक्तिका भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। (सीसीटीभी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
